चितवन,कात्तिक २६-
मंसिर ४ को संघ र प्रदेशसभाको निर्वाचन संघारमा छ । उम्मेदवारहरूले घरदैलो तिब्र बनाएका छन् । कतिपय उम्मेदवारका घरदैलो अभियान पनि भिन्न छन् । तिमध्ये चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा.भोजराज अधिकारी हुन् । उनी नेकपा माओवादी केन्द्रबाट चुनावी मैदानमा छन् । घरदैलोमा उनले मत मागिरहेका छन् ।

यसरी नै लगभग एउटा कोणसभा स्थलमा ४/५ जना विरामी हेर्छन् । उनले घरदैलोमा हिड्न थालेपछि धेरै पटक भन्ने गरेका छन्,देश विरामी भयो, राजनीतिको उपचार गर्छु,डा.भोजराजले थपे, मलाई भेट्न अस्पतालमा लाइन बस्नुपर्थ्यो, अहिले यहाँको घरमा म नै आईपुगें । माडीका विभिन्न स्थानमा पुगेका उनले देशकै उपचारमा केन्द्रीत हुने बताएका छन् ।



