लौरो अभियानद्धारा सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव

images
  • 41
    SHARES
  • कार्तिक २६, २०७९ शनिबार
    लौरो अभियानद्धारा सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव
    images

    काठमाडौं,कात्तिक २५-

    हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ ।

    sagar-dhaka.webp
     

    शनिबार एक विज्ञप्ति जारी गरी हाम्रो नेपाली पार्टीले ४ मंसिरको चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो । ‘आगामी ४ मंसिरपछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा ई सागर ढकाललाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान) को निर्णय भएको व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराउँदछौं’ अध्यक्ष अनन्तराज घिमिरेको विज्ञप्तिमा भनिएको छ ।

     

    हेर्नुहोस् विज्ञप्ति

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend