रत्ननगरमा एमालेको घरदैलो, उम्मेदवारलाई भब्य स्वागत

images
  • 76
    SHARES
  • कार्तिक २७, २०७९ आइतबार
    रत्ननगरमा एमालेको घरदैलो, उम्मेदवारलाई भब्य स्वागत
    images

    चितवनको रत्ननगरका दुई वडामा नेकपा एमालेका उम्मेदवारहरु शनिवार घरदैलो गरी भोट मागेका छन् ।

    314595046_847236979748205_1462564669419540065_n.jpg

    प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले वडा नं १ र वडा नं ४ का मतदातासंग भोट मागेका हुन । भोट माग्न घरदैलोमा पुगेका उम्मेदवारहरुलाई मतदाताले भब्य स्वागत समेत गरेको वडा नं १ का पार्टी अध्यक्ष दोबराज केसीले जानकारी दिए । उम्मेदवारहरुले आफ्नो योजना सुनाउदै भोट माग्दै गरेका छन् । घरदैलोमा एमालेका नेता,कार्यकर्ता र मतदाताको समेत उत्सहाजनक सहभागिता रहेको केसीले जानकारी दिए । घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पाण्डेले मतदाताको उत्सहाका कारण आफु जित नजिक पुगेको बताएका छन् । सुर्यमा मतदान गर्न आग्रह गर्दै उनले चितवन एकको विकासको लागि फेरी एक पटक अभिमत प्रकट गर्न आग्रह गरे । प्रदेश सभा सदस्य पदका उम्मेदवार खनालले गठबन्धनले एमालेको जितलाई रोक्न नसक्ने बताए । गठबन्धनसंग एमालेको जितलाई रोक्न सक्ने तागत छैन उनले भने हामी चुनाव सजिलै जित्ने छौं ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend