मङ्सिर ४ को निर्वाचनले देशलाई बरबादीतर्फ धकेल्नेको फैसला गर्छ: ओली

images
  • 43
    SHARES
  • कार्तिक २७, २०७९ आइतबार
    मङ्सिर ४ को निर्वाचनले देशलाई बरबादीतर्फ धकेल्नेको फैसला गर्छ: ओली
    images

    सुर्खेत, कात्तिक २७-

    आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनले देशलाई असाधारण महत्त्वको फैसला गर्दै देशलाई अस्थिर बनाएर बरबादीतर्फ धकेल्नेहरूको फैसला गर्ने बताउनुभएको छ । । कालिकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचन सधैँ आइरहने निर्वाचन जस्तो नहुने बताउनुभएको छ । ।

     
    KP_Oli_speech1668249716.webp

    ‘यो निर्वाचन सधैँ आइरहने निर्वाचन जस्तो होइन, यस निर्वाचनले असाधारण महत्त्वको फैसला गर्नुपर्ने छ,’ अध्यक्ष ओलीले भन्नुभयो ‘यति बेला हाम्रो देश कता जाने यस मङ्सिर ४ गतेले फैसला गर्ने छ, मङ्सिर ४ ले यस देशको राष्ट्रियता, यस देशको स्वाधीनता, यस देशको स्वतन्त्रता, यस देशको भौगोलिक अखण्डता र यस देशको राष्ट्रिय हितको रक्षा र सम्बर्द्धन सँगसँगै देशको गौरव र स्वाभिनमाथि उठाउने कि देशलाई पराधीनता तर्फ देशलाई लाने यो फैसला मङ्सिर ४ ले गर्छ ।’

     

    सत्ता गठबन्धनलाई इङ्गित गर्दै अध्यक्ष ओलीले फुटेका हाँडीका कप्टेरा जस्तो जोडेर सरकार बनाए झैँ गर्ने र देशलाई बरबाद पार्न कठपुतली सरकारका नाममा घुणा टेकुवा नेतृत्व बनाएर देश बरबाद पार्ने तत्त्वको फैसला यस निर्वाचनले गर्ने बताउनुभयो ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend