डेंगु संक्रमणबाट पर्साका एकजनाको मृत्यु

images
  • 60
    SHARES
  • कार्तिक २७, २०७९ आइतबार
    डेंगु संक्रमणबाट पर्साका एकजनाको मृत्यु
    images

    २७ कात्तिक, वीरगञ्ज । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

    जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।Dengue-Mosquito-1024x624.jpg

    थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

    हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु संक्रमण भएको पुष्टी भएको थियो ।

    स्वास्थ्य अवस्थामा सुधार नआएपछि हेल्थ केयरले थप उपचारका लागि कात्तिक २३ गते काठमाण्डौं रिफर गरेका थियो ।

    कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा उपचारको क्रममा शनिबार राति उनको मृत्यु भएको मृतकको काका कसुनी मिर्दाहा थारुले जानकारी दिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend