चुनावी सभामा शीर्ष नेताको ध्यान खिच्दै चुच्चे नक्सा

images
  • 47
    SHARES
  • कार्तिक २७, २०७९ आइतबार
    चुनावी सभामा शीर्ष नेताको ध्यान खिच्दै चुच्चे नक्सा
    images

    सुदूरपश्चिम, कात्तिक २७-

    ‘चुच्चे नक्शा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आउनुभएका सत्ता गठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्शाको प्रसङ्ग जोडतोडले उठाउनुभयो ।

     
    nepal (1).webp

    सत्ता गठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक ढङ्गले भारतसँग वार्ता गरेर लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि फिर्ताको पहल गरिने बताउनुभयो । सोही सभालाई सम्बोधन गर्दै नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्शा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र नभइ आफूसमेत पार्टी अध्यक्ष रहेको तत्कालीन नेकपाका बहुमत सदस्यको बलमा बनाइएको बताउनुभयो । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले चुच्चे नक्शा सबै दलको सहमतिमा जारी भएको बताउनुभयो ।

     

    यस्तै एमाले अध्यक्ष ओलीले दार्चुलाबाट चुनावी प्रचारप्रसार सुरु गर्नुहुँदै चुच्चे नक्शाको मुद्दा जोडतोडकासाथ उठाउनुभयो । ओलीले नक्शा जारी गर्नमा आफ्नो स्वामित्व रहेको बताउनुभयो । दार्चुला मात्र होइन अन्य जिल्लामा आयोजित चुनावी सभामा समेत चुच्चे नक्शाको चर्चा ठूला राजनीतिक दलका शीर्ष नेताले गर्दै आउनुभएको छ ।

    प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरामा एक हप्तासम्म सत्ता गठबन्धनको पक्षमा चुनावी माहोल बनाउन व्यस्त रहनुभयो । उहाँ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डडेलधुराबाट प्रत्यासी हुनुहुन्छ । उहाँले धनगढीमा समेत नेता कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकता दिनुभयो ।

    प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले बैतडीको पाटनमा पनि चुनावी सभालाई सम्बोधन गर्नुभयो । यस्तै एमाले अध्यक्ष ओलीले यही कात्तिक १८ गते एकैदिन दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी सभालाई सम्बोधन गर्नुभयो । उहाँले शनिबार डोटी र कैलालीका तीन ठाउँमा चुनावी सभालाई सम्बोधन गर्नुभयो । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend