काठमाडौं,कात्तिक २७-
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं–१ मा पुकार बमलाई समर्थन गरेका छन् ।आइतबार एक भिडियो सन्देशमार्फत उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र सामाजिक न्यायको अभियानमा झण्डै १० वर्षदेखि सक्रिय रहेका कारण आफूले बमलाई सही उम्मेदवारका रुपमा लिएको बताएका छन् ।
‘यो अभियानमा उहाँ प्रत्यक्ष रुपमा नै सहभागी हुनुहुन्छ, त्यो सँगसँगै राष्ट्रिय मुद्दामा, सामाजिक, आर्थिक मुद्दामा उहाँहरुले जुन पार्टीको सरकारको हुँदा पनि जवाफदेही बनाउन सक्रिय हुनुभएको छ’ केसीले भनेका छन् । उम्मेदवार बमले राष्ट्रिय विपदमा परेका बेला नेपाली समाज र पीडित वर्गलाई ठूलो सहयोग गरेको र आफ्नो स्वास्थ्यको समेत परवाह नगरेर स्वच्छ, सभ्य लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कोशिस गरेको केसीले बताएका छन् ।



