चुनावपछि संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ : वर्षमान पुन

images
  • 57
    SHARES
  • कार्तिक २७, २०७९ आइतबार
    चुनावपछि संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ : वर्षमान पुन
    images

    २७ कात्तिक, रोल्पा ।

    नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र प्रदेशमा दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

    barshaman-Pun-Ananta-Ropla.jpg

    आइतबार रोल्पाको घर्तीगाउँमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि गठबन्धन बनेको हो । यसैले चुनावपछि संघ र प्रदेशमा दुई तिहाई बहुमतको सरकार बनाउँछ।’

    पुनले ‘निरंकुशता र प्रतिगमन’ रोक्न कांग्रेस–माओवादी एकै ठाउँमा उभिनुपर्ने बाध्यता सिर्जना भएको भन्दै विगतका तीतामिठा घटना बिर्सिएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend