युवाहरूलाई पहिलो प्राथमिकता दिने : पुर्ण बहादुर गुरूङ

images
  • 58
    SHARES
  • कार्तिक २७, २०७९ आइतबार
    युवाहरूलाई पहिलो प्राथमिकता दिने : पुर्ण बहादुर गुरूङ
    images

    देवघाट तनहुँ : कार्तिक २७ गते

    प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै गर्दा अहिले देशैभर उम्मेदवारहरू घरदैलो कार्यक्रम व्यस्त छन् । त्यस्तै नेकपा एमाले तनहुँ निर्वाचन क्षेत्र नम्वर १ (ख) प्रदेशका सभाका उम्मेदवार पुर्ण बहादुर गुरूङले घरदैलो कार्यक्रममा युवाहरूलाई पहिलो प्राथमिकता दिने बताएका छन्।

    313910133_684592436308689_46439626785467765_n (1).jpg

    गुरूङले राजनितीमा युवा शक्तिले अवसर नपाँउदा धेरै युवाहरु विदेशीन बाध्य भएको बताउदैँ अब स्वदेश मै युवाहरूलाई रोजगारीको व्यवस्था हुनुपर्छ भन्दै आफु प्रदेश सांसदमा निर्वाचित भएपछि त्यसलाई पहल गर्ने बताए । र आफ्नो उम्मेदवारी परिवर्तनको लागि हो भने । जबजब चुनाव आउँछ तब मात्र नेताहरूले युवाहरूलाई झण्डा बोकाएर प्रयोग गरेको हुदाँ युवाहरू पनि त्यति उत्साहित नदेखिएको बताउदै आँफु घरदैलो कार्यक्रममा घरघरमा जादाँ युवाहरू अलि उत्साहित र मनोबल बढेको महसुस गरेको गुरूङले बताए । हामीलाई परिवर्तन चाहिएको हो भने अग्रजहरुलाई सम्मान गर्दै अब देश हाक्ने जिम्मेवारी युवा पुस्ताले लिनुपर्छ अनि मात्र देशले परिवर्तनको महशुस लिन्छ गुरुङ्गले भने । नेकपा एमाले परिवर्तनकारी शक्ति भएको हुदाँ मंसिर चार गते सुर्य चिन्हमा मतदान दिएर जिताउन आग्रह गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend