थप १५ जनामा काेराेना पुष्टि

images
  • 54
    SHARES
  • कार्तिक २७, २०७९ आइतबार
    थप १५ जनामा काेराेना पुष्टि
    images

    काठमाण्डाै –

    पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार नौ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    health_ministry_Q7oL9vwXSl.jpg

    यही अवधिमा ३० जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय १४ जनामा झरेको छ । 

    २४ घण्टामा १२ हजार तीन सय छ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend