भोजपुर घटनाः सत्ता गठबन्धनको सभास्थलमा बम पड्काउन खोज्ने युवक पक्राउ

images
  • 82
    SHARES
  • कार्तिक ३०, २०७९ बुधबार
    भोजपुर घटनाः सत्ता गठबन्धनको सभास्थलमा बम पड्काउन खोज्ने युवक पक्राउ
    images

    भोजपुर, कात्तिक ३०

    भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् ।

     
    भोजपुरको अरुण गाउँपालिका–३ स्थित तिवारी भञ्ज्याङमा गठबन्धनको कार्यक्रम सुरु हुँदै थियो । कार्यक्रममा सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदै थिए । तर, अचानक कार्यक्रम स्थल नजिकै विष्फोट भयो ।
    कार्यक्रम स्थलभन्दा करिब डेढ सय मिटर परको होटलमा सुमनले बोकेको बम आफैं पड्किएको भोजपुरका डीएसपी शरत थापा क्षेत्रीले बताए । डीएसपी क्षेत्री भन्छन्– ‘आरोपीलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’

    सुमन भोजपुरको चरम्बीका स्थानीय हुन् । उनले बोकेको ‘आइडी बम’ पड्किँदा उनैको खुट्टामा चोट लागेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको अनुसार बमको कनेक्सनमा उनको मोबाइलमा गराइएको थियो । ताप्लेजुङको सभा सकेर प्रचण्ड भोजपुरमा सम्बोधन गर्न जाँदै थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend