नेप्सेमा उच्च अंकको वृद्धि

images
  • 93
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    नेप्सेमा उच्च अंकको वृद्धि
    images

    काठमाडौं 

    सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको वृद्धि भएको छ । पछिल्लो समय निरन्तर ओरालो यात्रामा रहेको नेप्सेमा आइतबार एकैदिन ९५ अंकमाथिको सुधार आएको हो । 

    uu.jpg

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम ९५.४६ अंकले बढ्दै २४ सय २०.९१ अंकमा उक्लिएको हो । यो गत हप्ताको सूचकको तुलनामा ४.११ प्रतिशतको वृद्धि हो । 

    उसो त यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १७.७४ अंकले बढ्दै ४६०.८८ अंकमा उक्लिएको छ । अधिकतम ९५ अंकमाथिले बढेको यस दिन अधिकांश कम्पनीका सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् । 

    नेप्सेका अनुसार १० वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, दुई दर्जन माथिका कम्पनीहरुको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ । आज १३ वटा उपसूचकहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको ७.३२ अंकले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूहको १.०५ प्रतिशतले मात्र बढेको छ ।  उच्चदरले नेप्से बजार बढेको यस दिन कारोबार रकममा समेत वृद्धि हुँदै २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend