निर्वाचनको तयारी पूरा‚ बिहीबार राति १२ बजेदेखि प्रचार गर्न नपाइने

images
  • 98
    SHARES
  • मंसिर १, २०७९ बिहीबार
    निर्वाचनको तयारी पूरा‚ बिहीबार राति १२ बजेदेखि प्रचार गर्न नपाइने
    images

    काठमाडौं

      निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग पुरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी लगभग पुरा भएको जानकारी दिए । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले भने ‘तयारी लगभग पुरा भएको छ ।’

     

    उनले निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने बताए ।  त्यसक्रममा उनले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४  लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिए । त्यस्तै उनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।  

     

    त्यस्तै प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।  साथै आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ ।

    निर्वाचनका लागि २,४६९६० कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगिसकेको आयोगले जनाएको छ भने आगामी दुई दिनभित्र देशभरका मतदान केन्द्र निर्माण गरिसक्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend