सेयर बजारमा हरियाली, एक अर्ब ७१ करोडको कारोबार

images
  • 94
    SHARES
  • मंसिर १, २०७९ बिहीबार
    सेयर बजारमा हरियाली, एक अर्ब ७१ करोडको कारोबार
    images

    काठमाडौं

     आज सेयर बजारमा केही सुधार देखिएको छ । बिहिबार बजार मापन गर्ने सूचक २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा रोकिएकोे छ । 

     

    आज ४३ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ ।आज सबैभन्दा बढी कमाउनेमा ५ कम्पनीमा चारवटा हाइड्रोपावर कम्पनी रहेको छ ।

     

    कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको १२.२७, विकास बैंक ६४.९१, वित्त ३७.२५, जलविद्युत ६१.६९, जीवन बीमा ५६.७४, माइक्रोफाइनान्स ३८.४०, उत्पादन तथा प्रशोधन १०२.८९, निर्जीबन बीमा १०२.१७, अन्य समूहको उपसूचक २२.६९ बिन्दुमा रोकिएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend