३ महिनामा विदेशीले नेपालमा साढे ११ अर्ब खर्चिँदा नेपालीले विदेशमा २६ अर्ब रुपैयाँ खर्च गरे

images
  • 91
    SHARES
  • मंसिर १, २०७९ बिहीबार
    ३ महिनामा विदेशीले नेपालमा साढे ११ अर्ब खर्चिँदा नेपालीले विदेशमा २६ अर्ब रुपैयाँ खर्च गरे
    images

    काठमाण्डाै 

    विदेशीले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च दोब्बरभन्दा धेरै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय अवस्थाअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

    सेवा खाताअन्तर्गत पछिल्लो तीन महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय एक सय १० प्रतिशतले वृद्धि भइ ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा भ्रमण आय जम्मा पाँच अर्ब ४२ करोड रुपैयाँ मात्रै रहेको थियो । 

    यस्तै साउन, भदौ र असोजमा सेवा खाताअन्तर्गत नेपालीले विदेशमा गर्ने खर्च अर्थात् व्यय ६२ दशमलव ३ प्रतिशतले वृद्धि भइ २६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । नेपालीले वैदेशिक शिक्षाका लागि मात्रै तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तीन महिनामा भ्रमण व्यय १६ अर्ब चार करोड  रुपैयाँ रहेकोमा शिक्षातर्फको खर्च जम्मा आठ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend