त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद

images
  • 108
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद
    images

    काठमाडौं

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद भएको छ । विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङ गरेर राखिएको बुद्ध एयरको विमानमा बेवारिसे अवस्थामा डलर भएको हो ।

    bb.jpg
    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शनिबार साँझ बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्‍याण्ड ब्यागभित्र बेवारिसे अबस्थामा डलर फेला परेको थियो ।
     
    बरामद डलरलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको भनिएको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend