मन्त्रीबाट बर्खास्त भएपछि कुमार खड्काले भने – ‘मुख्यमन्त्रीबारे सनसनी अडियो, भिडियो ल्याउँछु’

images
  • 98
    SHARES
  • मंसिर १, २०७९ बिहीबार
    मन्त्रीबाट बर्खास्त भएपछि कुमार खड्काले भने – ‘मुख्यमन्त्रीबारे सनसनी अडियो, भिडियो ल्याउँछु’
    images

    पोखरा 

    बर्खास्त भएका गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे सनसनी अडियो, भिडियो ल्याउने धम्की दिएका छन् ।

    मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने चुनाव लगत्तै अडियो, भिडियो सार्वजनिक गर्ने धम्की दिएका हुन् । ‘चुनाव लगत्तै उहाँले चित्तबुझ्दो जवाफ नदिए सनसनी अडियो, भिडियो ल्याउँछु’ – उनले भने ।

    मंगलबार बर्खास्त भएका खड्काले आफू बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बताए । पछिल्लो समय मुख्यमन्त्री पोखरेलसँग आफ्नो सम्बन्ध चिसिएको र केही योजनाका कारण आफ्नो पद गएको हुन सक्ने उनको आँकलन छ । ‘माइतिघाट झोलुंगे पुल १०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरें, त्यही पनि एक कारण हुन सक्छ ।’ – उनले भने ।

    अबको क्याबिनेट बैठकमा पूर्व मुख्यमन्त्री तथा मन्त्रीहरुलाई गाडीसहितको सुबिधाबारे प्रस्ताब ल्याउन सक्ने भन्दै उनले आफु सहित केहि मन्त्रि बिरोधमा रहेको पनि खुलासा गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend