राजेन्द्र लिङ्देनले भने : यो निर्वाचन विगतको त्रुटि सच्याउने अवसर

images
  • 104
    SHARES
  • मंसिर १, २०७९ बिहीबार
    राजेन्द्र लिङ्देनले भने : यो निर्वाचन विगतको त्रुटि सच्याउने अवसर
    images

    १ मंसिर, काठमाडौं।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केवल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ विगतका कमी कमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

    Rajendra-lingden-1-1-1024x621 (1).jpg

    निर्वाचनको मौन अवधि सुरु हुनुअघि एक भिडियो सन्देश जारी गर्दै उनले राप्रपाले हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेर्ने आमचाहना परिपूर्ति गर्ने संकल्प लिएको पनि बताए ।

    उनले राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवारलाई मत दिई विजयी गराउन अपिल गरेका छन् ।

    अध्यक्ष लिङ्देनले जीवनमा पहिलोपटक भोट हाल्न लागेका युवा मतदातालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend