काठमाण्डाै
इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया छ विकेटले विजयी भएकाे छ ।
यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ८७ रन बनायाे । उसका लागि डेभिड मलानले एक सय ३४ रन बनाए । यस्तै डेभिड विलीले ३४ र जस बटलरले २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पा र प्याट कमिन्सले तीन/तीन विकेट लिए ।
यी दुई देशबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । दाेस्राे खेल आउँदाे शनिवार र तेस्राे खेल आउँदाे मङ्गलवार हुनेछ ।



