काठमाडौँ, मंसिर २
आइतबार हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बढीमा ७५ प्रतिशत मत खस्ने निर्वाचन आयोगले प्रक्षेपण गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातामैत्री केही प्रावधानले ७० देखि ७५ प्रतिशतसम्म मत खस्ने आयोगको अपेक्षा रहेको बताए ।



