महोत्तरीमा घरेलु मदिरा नष्ट गरिँदै

images
  • 167
    SHARES
  • मंसिर २, २०७९ शुक्रबार
    महोत्तरीमा घरेलु मदिरा नष्ट गरिँदै
    images

    महोत्तरी

    महोत्तरीमा  बिक्रीवितरण भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्रीवितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले बिहीबार राति नष्ट गरेको हो ।

     

    मदिरा बिक्रीवितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

    निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयबा यसअघि नै मदिरा बिक्रीवितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकिएको छ । यसका बाबजुद पनि बिक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । जिल्लाका चारवटै क्षेत्रमा प्रहरीहरू तैनाथ गरी मदिरा बिक्रीवितरणको विषयमा निगरानी बढाइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्ताेष पोखरेलले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend