निर्वाचनलाई असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम : गृह मन्त्रालय

images
  • 90
    SHARES
  • मंसिर २, २०७९ शुक्रबार
    निर्वाचनलाई असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम : गृह मन्त्रालय
    images

    काठमाडौं

    गृह मन्त्रालयले निर्वाचनलाई असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दावी गरेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले भयरहित रुपमा मतदान सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताए। उनले सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको जानकारी दिए । उनले हवाई र स्थल गस्ती हुने भन्दै त्यसको प्रबन्ध मिलाएको जानकारी दिए ।

     

    कुनै पनि मतदान केन्द्रमा केही भए नेपाली सेनाको टोली बढीमा ३० मिनेटमा पुग्न सक्नेगरी व्यवस्था गरेको सचिव सिंहले बताए। उनले हवाई गस्तीका लागि नेपाली सेना र निजी क्षेत्रको हेलिकोप्टर तयारी अवस्थामा राखिएको जनाए।

     

    गृह मन्त्रालयले निर्वाचन विथोल्नसक्ने सम्भावित समूह र संगठन पहिचान गरेको र कतिपयलाई नियन्त्रणमा समेत लिएको जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend