राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड

images
  • 104
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा  ध्यान केन्द्रित गर्नुपर्नेमा जोड
    images

    काठमाडौं

    राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले उक्त कुरामा जोड दिएकी हुन् ।

    qw.jpg

    महत्वपूर्ण राजनीतिक परिवर्तनपछि समुन्नत राष्ट्र बनाउने सङ्कल्प गरिरहँदा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषयमा हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्दै उनले सामाजिक–आर्थिक समृद्धि हासिल गर्ने महान् अभियानमा अग्रसर हुन कृषिको आधुनिकीकरण एवं त्यसको व्यावसायिकीकरण अपरिहार्य भएको बताइन् ।

    कोभिड–१९ को महामारी र भूकम्पले अर्थतन्त्रका आयामहरूमा अवरोध पु¥याएको यथार्थ प्रस्तुत गर्दै राष्ट्रपतिले जलसम्पदाको उचित उपयोग गर्दै विद्युत् उत्पादन, सिँचाइको व्यवस्था, पर्यटन प्रवद्र्धन, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै समृद्धिको मार्गमा अघि बढ्न सकिने बताइन् ।

    “अर्थतन्त्रको सुदृढीकरण प्रक्रियामा पारदर्शिता, सुशासन, जवाफदेहिता आवश्यक छ, गुणस्तरीय र रोजगारीमूलक शिक्षाका माध्यमबाट अर्थतन्त्रलाई उन्नयनको दिशामा अग्रसर गराउन सकिनेमा म विश्वस्त छु,” राष्ट्रपतिले भनिन् । उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गराइन् ।

    महामारी र भूकम्पले शिथिल तुल्याएको विकासको गतिलाई अघि बढाउन तथा स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा महत्वपूर्ण हुने बताउँदै उनले त्यसनिम्ति पर्याप्त लगानी आवश्यक भएको विचार व्यक्त गरिन् । स्वस्थ एवं दक्ष जनशक्तिबाट नै राष्ट्र निर्माणको गुरुत्तर अभिभारा पूरा गर्न सकिने राष्ट्रपतिको अभिव्यक्ति थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend