सिरहामा बेवारिसे दुई थान भरूवा बन्दुक बरामद

images
  • 96
    SHARES
  • मंसिर ३, २०७९ शनिबार
    सिरहामा बेवारिसे दुई थान भरूवा बन्दुक बरामद
    images

    सिरहा – 

    सिरहाको मिर्चैया नगरपालिकाकाे जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खाेला किनारमा प्रहरीले दुई थान भरूवा बन्दुक बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथाेकीका अनुसार हातहतियार बाेकेर केही मानिसहरू घुमिरहेकाे भन्ने सूचनाकाे आधारमा सादा पाेसाकमा खटिएकाे प्रहरी टोलीले सिरहाकाे मिर्चैया ९ बाट आज दिउँसाे दुई थान भरूवा बन्दुक बरामद गरेको हाे । इलाका प्रहरी कार्यलय मिर्चैयाबाट सादा पाेसाकमा खटाएको प्रहरी टोलीले बन्दुक बाेक्नेहरू फेला नपरे पनि खाेला किनारमा फालिएको बन्दुक फेला पारेका हुन् ।

    ती बन्दुकलाई मिर्चैया प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको बुढाथोकीले बताउनुभयाे । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend