देशका सबै ठाउँमा मतदान केन्द्रको तयारी सम्पन्न (तस्बिरसहित)

images
  • 145
    SHARES
  • मंसिर ३, २०७९ शनिबार
    देशका सबै ठाउँमा मतदान केन्द्रको तयारी सम्पन्न (तस्बिरसहित)
    images

    काठमाण्डौ

    भोलि देशैभर हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको तयारी सकिएको छ । निर्वाच आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनावको सम्पूर्ण तयारी सम्पन्न भएको बताउनुभयो । 

    योसँगै मतदान केन्द्रको तयारी पनि सम्पन्न भइसकेको छ । मतदान केन्द्र निर्माण गर्दा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्थासँगै अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था गरिनुपर्छ । यही व्यवस्थाअनुसार देशैभर मतदान केन्द्र निर्माण सम्पन्न भएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । 
    मतदान केन्द्रकाे ढाँचा । स्राेत : निर्वाचन आयाेगमतदान केन्द्रकाे ढाँचा । स्राेत : निर्वाचन आयाेग

    देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ । प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० सिटका लागि प्रत्यक्षतर्फको चुनाव हुँदैछ । त्यस्तै, प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि त्यो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक चुनाव हुँदैछ ।  चुनावको लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिएका छन् । यस्तै नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ । 

    साेलुखु्म्बुमा ४ हजार मिटरको उचाइमा पाङ्बोचे मतदान केन्द्रसाेलुखु्म्बुमा ४ हजार मिटरको उचाइमा पाङ्बोचे मतदान केन्द्र
    काठमाण्डौ क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान केन्द्रकाठमाण्डौ क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान केन्द्र
    संखुवासभाकाे एक निर्वाचन केन्द्रसंखुवासभाकाे एक निर्वाचन केन्द्र

     

    मकवानपुरकाे हेटाैंडामा रहेकाे एक निर्वाचन केन्द्रमकवानपुरकाे हेटाैंडामा रहेकाे एक निर्वाचन केन्द्र
    जुम्लामा रहेकाे मतदान केन्द्रजुम्लामा रहेकाे मतदान केन्द्र

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend