६१ प्रतिशत मत खस्याे, १५ ठाउँमा मतदान स्थगित : आयाेग

images
  • 87
    SHARES
  • मंसिर ४, २०७९ आइतबार
    ६१ प्रतिशत मत खस्याे, १५ ठाउँमा मतदान स्थगित : आयाेग
    images

    काठमाण्डाै 

    निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको र सबै विवरण आउँदा यो प्रतिशत बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभएको छ ।

     

    आयोगको अपेक्षाभन्दा मतदान कम भएको पनि प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएकाे उहाँको भनाइ छ ।

    यस्तै आयोगले विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend