सुर्खेतको एउटा मतदान केन्द्रमा भाेलि फेरि मतदान हुने

images
  • 106
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    सुर्खेतको एउटा मतदान केन्द्रमा भाेलि फेरि मतदान हुने
    images

    सुर्खेत

    सुर्खेतको एउटा मतदान केन्द्रमा भाेलि मङ्गलवार फेरि मतदान हुने भएको छ ।

     

    प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसे पछि सुर्खेतको क्षेत्र नं १ मा पर्ने सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पस मतदान स्थलमा हिजाे आइतवार मतदान स्थगित भएको थियो ।

    निर्वाचन अधिकृतको कार्यालयले भाेलि फेरि मतदान हुने जानकारी दिएको छ । भाेलि  बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले बताउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend