डडेल्धुरामा पनि मतगणना सुरु

images
  • 214
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    डडेल्धुरामा पनि मतगणना सुरु
    images

    डडेल्धुरा

    प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो ।

     

    मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो ।

     

    जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ ।

     

    प्रतिनिधिसभाको एक सिटका लागि नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री देउवासहित आठ जना चुनावी मैदानमा छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend