१०६ स्थानमा मतगणना : ३८ स्थानमा कांग्रेसको अग्रता

images
  • 125
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    १०६ स्थानमा मतगणना : ३८ स्थानमा कांग्रेसको अग्रता
    images

    ५ मंसिर, काठमाडौं ।

    देशभरका १६५ मध्ये एक स्थानको मत गणना सकिएको छ भने १०६ स्थानमा गणना चलिरहेको छ ।

     

    पहिलो परिणाम मुस्ताङमा आएको हो, जहाँ नेपाली कांग्रेसका योगेश गौचन थाकाली निर्वाचित भएका छन् ।

    कांग्रेसले ३७ स्थानमा अग्रता लिएको छ भने एमाले २६ स्थानमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादी ८-८ स्थानमा अगाडि छ ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५, जनता समाजवादी पार्टी ३, नागरिक उन्मुक्ति पार्टी २ तथा लोसपा, जनमत पार्टी र हाम्रो नेपाली पार्टी १-१ स्थानमा अग्रता लिएको छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend