सोलुखुम्बुमा भोलि दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने

images
  • 107
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    सोलुखुम्बुमा भोलि दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने
    images

    साेलुखुम्बु –

    सोलुखुम्बुमा भोलि मङ्गलवार दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने भएको छ । आज साेमवार बसेको सर्वपक्षीय बैठकले भोलि दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।

     

    आज अबेर मात्रै मतपेटिका सङ्कलन भइसकेको छ । भोलि बिहान १० बजेदेखि उम्मेदवारकाे उपस्थितिमा मतपेटिका सिल गरि, रुजु गरि दिउँसो १ बजेदेखि गणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    ८१ हजार पाँच सय दुई जना मतदाता रहेका सोलुखुम्बुमा ३९ हजार चार सय ३३ अर्थात् ४८ दशमलव ३८ प्रतिशतमात्रै मत खसेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend