काठमाण्डाै –
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतअन्तर फराकिलो बनाउँदै लैजानुभएको छ ।
पछिल्लो विवरणअनुसार एमालेका विष्टले एक हजार छ सय ७७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले एक हजार तीन सय १६ मत प्राप्त गर्नुभएको छ ।
विष्ट र झाँक्री पूर्वसहकर्मी हुनुहुन्छ । एमालेमा रहेर लामाे समयसम्म सहकार्य गर्नुभएका उहाँहरू एमाले विभाजन हुँदा विष्ट एमालेमै रहनुभएकाे थियाे भने झाँक्री नेकपा एकीकृत समाजवादीमा जानुभएकाे थियाे ।



