काठमाण्डाै –
झापाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाउनुभएको छ ।
सात हजार छ सय ९७ मतगणना गर्दा शर्माले तीन हजार नाै सय ६१ मत प्राप्त गर्नुभएको छ । शर्मालाई पछ्याउनुभएका नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले दुई हजार तीन सय ५९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले सात सय ३५ मत प्राप्त गर्नुभएको छ । झापा १ मा प्रतिनिधि सभामा ८१ हजार आठ सय ६४ मत खसेको छ ।



