तनहुँ १ मा काँग्रेसका रामचन्द्र पौडेल र एमालेका एक बहादुर रानाको मत बराबर

images
  • 116
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    तनहुँ १ मा काँग्रेसका रामचन्द्र पौडेल र एमालेका एक बहादुर रानाको मत बराबर
    images

    तनहुँ ।

    तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा निर्वाचनको मत परिणाम अनुसार गठबन्धनका साँझा उम्मेद्वार नेपाली काँग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका एक बहादुर राना मगरको मत बराबर भएको छ। अघिल्लो अपडेटसम्म अग्रता लिइरहेको काँग्रेसका पौडेलसँग एमालेका रानाले मत बराबर गरेको हो।

     

    पछिल्लो अपडेट अनुसार ५५४० मत गन्दा दुवै जनाले २००९ मत प्राप्त गरेका छन् भने पौडेलको प्रतिस्पर्धी बन्छन् भन्ने अनुमान गरेको गोविन्दराज जोशीले ३०० मत पनि कटाउन सकेको छैन ।

    यहाँ स्वतन्त्र पार्टीको घण्टी चिन्हमा विकाश सिग्देलले ४६८ मत पाएका छन् भने राप्रपाको हलो चिन्हमा विनोद घर्तीले ३४६ मत पाएका छन्।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend