चितवन १ : रास्वपाका ढकालले अग्रता बढाउँदै, सुरेन्द्र पाण्डे तेस्रो

images
  • 99
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    चितवन १ : रास्वपाका ढकालले अग्रता बढाउँदै, सुरेन्द्र पाण्डे तेस्रो
    images

    चितवन ।

    चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता लिएका छन्। उनले सत्ता गठबन्धनका विश्वनाथ पौडेललाई १ हजार २१३ मतले पछि पारेका हुन्।  

     

    चितवन क्षेत्र नं १ मा हालसम्म १४ हजार २ सय ८४ मत गणना हुँदा ढकालले ५ हजार ९८ मत प्राप्त गरेका छन्। उनलाई  पछ्याएका  गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले ३ हजार ८८५ मत प्राप्त गरेका छन् ।

     

    यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ३ हजार ८८४ मत प्राप्त गरेका छन्। राप्रपाका मधुप कुमार भट्टराइले ४७६ मत लिएका छन्।  गणना भएको मतमा हालसम्म ५१३ मत बदर भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend