इन्डोनेसिया : जाभा भूकम्पमा मृत्यु हुनेको संख्या १६२ पुग्यो, सयौँ घाइते

images
  • 654
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    इन्डोनेसिया : जाभा भूकम्पमा मृत्यु हुनेको संख्या १६२ पुग्यो, सयौँ घाइते
    images

    एजेन्सी ।

    इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ । पश्चिमी जाभाका गभर्नर रिद्वान कामिलले स्थानीय सञ्चारमाध्यममा १६२ जनाको मृत्यु र ७०० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन् ।

     

    सघन जनसंख्या भएको क्षेत्रमा भूकम्प गएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।​ युएसजीएसका अनुसार रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ६ मापन गरिएको छ । भुकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको समाचारमा जनाइएको छ ।

    ठूलो संख्यामा मानिसहरु अस्पतालमा भर्ना भएका छन् । अस्पतालमा ठाउँको अभाव भइरहेको छ भने धेरैलाई बाहिर राखेर पनि उपचार गरिएको छ । भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैले उद्धारकर्मी राति पनि उद्धारमा खटिएका छन् ।

    भूकम्प गएको क्षेत्र पहिरो प्रभावित क्षेत्र भएको र घरको गुणस्तर पनि कमजोर रहेको अधिकारीहरुले बताएका छन् । भुकम्पको धक्काले यी घरहरू भग्नावशेषमा परिणत भएका हुनुपर्छ ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend