गोरखा-१ को पनि मतगणना सुरु

images
  • 70
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    गोरखा-१ को पनि मतगणना सुरु
    images

    ६ मंसिर, गोरखा ।

    गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि सुरु भएको छ ।

    मंगलबार बिहान दश बजे बसेको सर्वदलीय बैठक पश्चात मतगणना सुरु गरिएको हो ।

    जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ ।

    सोमबार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो । सडक सञ्जाल नजोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिएको हो ।

    गोरखा-१ मा कुल ५९ हजार ८९ मत खसेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend