काँग्रेस महामन्त्री गगन थापा भारी मतानन्तरले निर्वाचित, प्रतिद्धन्द्धी राजन भटट्राई ७,४५७ मतान्तरले पराजित

images
  • 134
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काँग्रेस महामन्त्री गगन थापा भारी मतानन्तरले निर्वाचित, प्रतिद्धन्द्धी राजन भटट्राई ७,४५७ मतान्तरले पराजित
    images

    काठमाडौं ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगातार तेश्रो पटक निर्वाचित भएका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।

     

    भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।

     

    त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend