काठमाण्डौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, एमाले उम्मेदवार ५१ मतले पछाडि

images
  • 132
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काठमाण्डौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, एमाले उम्मेदवार ५१ मतले पछाडि
    images

    काठमाण्डौ 

    प्रतिनिधि सभा  काठमाण्डौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

     

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली एमाले उम्मेदवारभन्दा ५१ मतले अघि हुनुहुन्छ । उहाँले अहिलेसम्म ३ हजार २ सय १२ मत प्राप्त गर्नुभएको छ ।

    यसअघि अग्रता लिनुभएका नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ३ हजार १ सय ६१ मत पाउनुभएको छ ।

    माओवादी केन्द्रकी मानुषी यामी भट्टराई २ हजार ५ सय ३१ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend