काठमाण्डौ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

images
  • 132
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काठमाण्डौ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी
    images

    काठमाण्डौ –

    काठमाण्डौ क्षेत्र नम्बर ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ ११ हजार ९५६ मत सहित विजयी हुनुभएको हो ।

    उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गर्नुभएको छ । यस्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।

    कृष्णगोपाल श्रेष्ठले प्रतिनिधि सभाको अघिल्लो चुनावमा पनि काठमाण्डौ क्षेत्र नम्बर ९ बाटै जीत हासिल गर्नुभएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend