स्याङ्जाको वालिङमा आगलागी, ३ जना घाइते

images
  • 131
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    स्याङ्जाको वालिङमा आगलागी, ३ जना घाइते
    images

    ६ मंसिर, स्याङ्जा।

    स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीमा लाखौ रुपैयाँ बराबरको क्षति भएको छ ।

    आगलागीमा परि तीन जना घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीया सुनिता हिताङ, उनकै छोरीद्वय ७ वर्षीया आशिमा हिताङ र १८ महिनाकी छोरी यमरोजिया हिताङ छन् ।

    घाइते तीनै जनाको वालिङस्थित गहै घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    आगलागी हुँदा नगद, लत्ताकपडा, फर्निचर, सुनका गहना लगायतको सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीमा करिब २० लाख बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

    वालिङको वडा प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend