सिरहा-२ मा झिनो मतले पछि परिन् कांग्रेसकी चित्रलेखा यादव

images
  • 65
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    सिरहा-२ मा झिनो मतले पछि परिन् कांग्रेसकी चित्रलेखा यादव
    images

    काठमाडौं ।

    सिरहा-२ मा नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवले पछि पारेका छन् ।

    यसअघिसम्म अग्रता लिइरहेकी चित्रलेखालाई ८४ मतको अन्तरले राजकिशोरले उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार राजकिशोरले २ हजार ४५ मत पाउँदा चित्रलेखाले १ हजार ९६१ मत ल्याएकी छन् ।

    जनमत पार्टीका विनोद कुमार यादव १ हजार ९०३ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend