विनोद चौधरीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरी ४ सय ५९ मतले अगाडि

images
  • 95
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    विनोद चौधरीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरी ४ सय ५९ मतले अगाडि
    images

    काठमाण्डाै –

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले अग्रता लिनुभएको छ । 

    ठकुरीले ७ हजार २२ मत प्राप्त गर्नुभएको छ भने चौधरीले ६ हजार ५ सय ६३ मत प्राप्त गर्नुभएको छ । 

    यस्तै तेस्रो स्थानमा रहनुभएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ५ हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ । 

    घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा ४ सय ५९ मतले अगाडि हुनुहुन्छ भने त्रिपाठीभन्दा १ हजार ५७  मतले अगाडि हुनुहुन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend