पर्सा —
पर्सा क्षेत्र नम्बर २(१) प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन् । पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गरे ।
जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेश यादवले भने १२ हजार १ सय १७ मत पाएका छन् । पटेल १६ सय ५७ मतले विजय भएको निर्वाचन कार्यालयले जनाएको छ ।



