चितवन –
चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता लिनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार उहाँ ७ हजार ३ सय ८६ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई ६ हजार ८ सय ५१ मतसहित एमालेका सुरेन्द्र पाण्डेले पछ्याइरहनुभएको छ ।
ढकाल र पाण्डेबीचमा ५ सय ३५ मतको फरक छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले ६ हजार १ सय २३ मत प्राप्त गर्नुभएको छ ।



