काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै, सर्वेन्द्र र भिमसेनबीच ४ मतको अन्तर

images
  • 77
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै, सर्वेन्द्र र भिमसेनबीच ४ मतको अन्तर
    images

    काठमाण्डौ –

    काठमाण्डौ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।

    पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधान र एमालेका सर्वेन्द्र खनालबीच ४ मतको अन्तर छ । एमालेका खनाल ४ मतले अघि हुनुहुन्छ ।  प्रधानले ३६ सय ३४ मत प्राप्त गर्नुभएको छ भने खनालले ३६ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

    तर अग्रता भने राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले लिनुभएको छ । उहाँले ५ हजार ६ सय ८४ मत पाउनुभएको छ । कांग्रेस र एमालेका उम्मेदवारभन्दा उहाँ २ हजार ४६ मतले अगाडि हुनुहुन्छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend