ललितपुर-२ प्रदेशसभा-१ मा एमालेका श्रेष्ठ विजयी

images
  • 189
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    ललितपुर-२ प्रदेशसभा-१ मा एमालेका श्रेष्ठ विजयी
    images

    ६ मंसिर, ललितपुर।

    ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमाले विजयी भएको छ ।

    मंगलबार समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

    श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ ५१ मत प्राप्त गरे ।

    त्यसैगरी नेपाल मजदुर किसान पार्टीका महन्त महर्जनले पाँच सय ८६, स्वतन्त्र उम्मेदवार रुपा सुवेदीले चार सय ४४, जनता समाजवादी पार्टी, नेपालका सुमन खड्काले ३५९ र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका विनोद सिलवालले १५४ र नेपालका राम शाहीले ५६ मत प्राप्त गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend