चितवनको राप्तिमा ट्रक कब्जा गरी लत्ताकपडा डकैती गर्ने गिरोह पक्राउ

images
  • 438
    SHARES
  • बैशाख १८, २०७९ आइतबार
    चितवनको राप्तिमा ट्रक कब्जा गरी लत्ताकपडा डकैती गर्ने गिरोह पक्राउ
    images

    चितवन, वैशाख, १५-

    पूर्वी चितवनको राप्तिमा डकैती गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। राजमार्गमा गुडिरहेको ट्रक कब्जामा लिइ खुद्रा सामान र लत्ताकपडा डकैती गर्ने गिरोहलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो ।

    cc.jpg

    वीरगञ्जबाट भरतपुरतर्फ आउँदै गरेको ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बरको दुई वटा डिब्बा ट्रक रोकेर ट्रकमा लोड गरिएको खुद्रा सामान र लत्ताकपडा बुधबार विहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर १ को नयाँ बस्ती भन्ने ठाउँमा लुटेराको समुहले लुटेको थियो । प्रहरीले ट्रकमा लोड भएको सामान लुटिएको खबर तत्कालै पाउनासाथ खोजतलासी गर्दा खैरहनी नगरपालिका वडा नम्बर २ सिमलघारी बस्ने वर्ष १९ का पवन भट्टराई, वडा नम्बर ९ सिमलटाँडीमा बस्ने वर्ष ३९ का ऋषिराम शर्मा र राप्ती नगरपालिका वडा नम्बर ८ खुरखुरे बस्ने वर्ष २४ का मनीष केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    ff.jpg

    उनिहरुको साथबाट लुटपाटमा प्रयोग भएको प्रदेश २–०३–००१ च ०८४७ र वागमती प्रदेश ०३–००१च ०६६३ नम्बरको दुईवटा सवारीसाधन समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। राजमार्गमा ट्रक रोकेर चालकलाई ज्यान मार्ने धम्की दिएर सामान लुटेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताउनुभयो ।

    उहाका अनुसार पाँच/सात जनाको समूहमा आएका नकाबधारीहरूले जबरजस्ती राजमार्गमा ट्रक रोकेर ट्रकमा रहेका सामान लुटेर लगेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय रत्ननगर, खैरहनी र भण्डाराबाट समेत प्रहरी टोली परिचालन गरी खोजतलाल गर्दा उनिहरुलाई पक्राउ गर्न सफल भएको हो । लुटपाटमा संलग्न अन्य ब्यक्तिहरुको खोजीकार्य भईरहेको छ । पक्राउ परेका ब्यक्तिहरूबाट प्रारम्भिक अनुसन्धान गर्दा डकैती गरेर लगेको सामान रत्ननगर नगरपालिका वडा नम्बर १४ लौरीघोलस्थित एक गाई फार्ममा लगेर लुकाएको बयान दिएपछि लुटिएका सबै सामान बरामद गर्न सफल भएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो। चोरी गरेर लगेका कपडाबाहेक ट्रकमा रहेका बाँकी कपडा तथा सामानसहित दुवै ट्रकलाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ। लुटपाटमा संलग्नहरुलाई भने डाँका चोरी कसूरमा चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend