दार्चुलाको प्रदेशसभा (क) मा कांग्रेस र (ख) मा माओवादी विजयी

images
  • 64
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    दार्चुलाको प्रदेशसभा (क) मा कांग्रेस र (ख) मा माओवादी विजयी
    images

    ७ मंसिर, दार्चुला ।

    दार्चुलामा प्रदेश सभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    एक मात्रै निर्वाचत क्षेत्र रहेको दार्चुलामा प्रदेशसभा (क) मा कांग्रेसका बिक्रम सिंह धामी र (ख)  मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् ।

    कांग्रेसका बिक्रम सिंह धामीले नेकपा एमालेका हरदेव जोशी र माओवादी केन्द्रका मानबहादुर धामीले एमालेकै रामदत्त जोशीलाई पराजित गरेका हुन् ।

    कांग्रेसका बिक्रम सिंह धामीले १५ हजार १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका हरदेव जोशीले १३ हजार ४५१ मत पाए ।

    यस्तै माओवादी केन्द्रका मानबहादुर धामीले १७१७१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामदत्त जोशीले ११८५६ मत ल्याए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend