भक्तपुर -
प्रतिनिधि सभातर्फ भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले फराकिलो मतान्तरले अग्रता लिनु भएको छ । उहाँलाई एमालेका उम्मेदवार नवराज गेलालले पछ्याइरहनु भएकाे छ ।
आज बिहानको मत परिणाम अनुसार तीन हजार ७२९ को मतान्तरबाट नेमकिपाले अग्रता लिएको हो । आज बिहानसम्ममा ३६ हजार ९९४ मत गणना हुँदा नेमकिपाले १३ हजार ६८८ मत प्राप्त गर्दै अग्रता लिएको छ भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नवराज गेलालले नौ हजार ९५९ मत प्राप्त गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले आठ हजार २३ मत प्राप्त गर्नु भएको छ भने नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिल गोठे बासुले तीन हजार ७८७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनु भयो ।



