दार्चुलामा गठबन्धनका धामी प्रदेशसभामा विजयी

images
  • 146
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    दार्चुलामा गठबन्धनका धामी प्रदेशसभामा विजयी
    images

    ७ मंसिर, दार्चुला ।

    प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाको १ प्रदेशसभा (क) मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी भएका छन् ।

    धामीले १५ हजार एक सय २७ त प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीले १३ हजार चार सय ५१ मत पाएका छन् ।

    साथै, स्वतन्त्र उम्मेदवार शङ्कर सिंह धामीले एक हजार चार सय १८ मत ल्याए ।

    दार्चुलाको प्रदेशसभा १ मा ५१ हजार ४७ मतदाता रहेकोमा ३१ हजार पाँच सय ४२ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ३४ मत बदर भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend